२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पत्रकार सन्तोष यादवले तस्करीको भिडियो खिचेको भन्दै घरनै घेराउ

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

(रवि वर्णवाल)
पर्सा । वीरगञ्जको छपकैयाँ इनर्वा गाउँबाट गए राति भइरहेको तस्करीको भिडियो खिचेको विषयलाई लिएर तस्कर समूहले वीरगञ्जका एक पत्रकारको घर घेरेका छन् ।

सीमावर्ती रक्सौलबाट ल्याइएका सामान भन्सार छलेर इनर्वा गाउँ हुँदै रातको समयमा नेपाल भित्र्याइरहेको अवस्थामा भिडियो खिचेका पत्रकार सन्तोष यादवको घर तस्कर समूहले आज बिहान घेराउ गरेका हुन् ।

इनर्वा क्षेत्रमा सीमा सुरक्षार्थ खटिएको प्रहरीले नै तस्करलाई सहयोग गरिरहेको भिडियो खिचेकाले त्यहाँ खट्ने प्रहरीकै निर्देशनमा आफ्नो घर घेर्न तस्करहरु आएको पत्रकार यादवले बताए ।

उनको घर घेर्न तस्करीमा संलग्न ज्योती यादवको समूह आज बिहान १२ बजे पुगेको थियो । घर घेर्न यादव समूहका मालती देवी, तबारक मियाँ, रवी शर्मा, लालबाबु साह लगायत पुगेका थिए ।

पत्रकारले भिडियो खिचेपछि प्रहरीले बाध्य भएर उनीहरुको काम रोक्नु परेको थियो । वीरगञ्ज भन्सारको सुरक्षार्थ खटिएको ससस्त्र प्रहरी बलका प्रहरी निरीक्षक स्वर्ण बमसहितलाई गए राति नै इनर्वाको विक्रम पटेलको घरमा पार्टी दिइएको थियो ।

तस्करी तथा अपराधिक गतिविधि नियन्त्रणका लागि छिटो र छरितो रुपमा घटनास्थलमा पुग्ने भनेर गठन गरिएको टोली टाइगर टोलीका प्रहरी जवान अजय यादव र मोहन साहले पनि तस्करसमूहलाई सीमावर्ती क्षेत्रबाट भन्सार छलेका सामान नेपाल भित्र्याउन सहयोग पुर्याउने गरेको थियो ।

पार्टीमा उनीहरुको संलग्नता नखुलेको भए पनि घर घेराउ गर्न पठाउने योजनामा भने उनीहरु पनि रहेको बुझिएको छ ।

घर घेराउ गर्न आएका तस्कर समूहलाई इनरुवा प्रहरी चाैकीबाट गएकाे प्रहरीकाे टाेलीले तितरबितर पारेकाे थियाे । दिशा निर्देशनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]