२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

एआईजी पालद्धारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू ५५ सय जना सुरक्षाकर्मीहरु परिचालन

Logo
प्रकाशित शनिबार, आश्विन ०२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ।दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी असोज १ देखि काठमाडौं,ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

अहिले राजधानीको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको प्रहरीको दाबी छ। ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए।

ठूला चाडपर्वका बेला चोरी, डकैती, पाकेटमार, चन्दा अपहरण, फिरौती, कालोबजारी तथा तोकिएको भन्दा बढी भाडा लिने जस्ता गलत क्रियाकलाप हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको एआईजी पालको भनाइ छ।

यो योजना अन्तर्गत काठमाण्डौ ललितपुर र भक्तपुरमा पाँच हजार पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, र भीडभाड हुने क्षेत्रमा प्रहरीले निगरानी बढाउनेछ। यसका लागि ४८ वटा चारपाङ्ग्रे, ३५ वटा मोटरसाइकल र ८३ वटा क्विक रेस्पोन्स टीम क्यूआरटी परिचालन गरिएको छ।

हरेक दिन ३६ ठाउँमा विहान र बेलुका आकस्मिक सुरक्षा जाँच हुने र सार्वजनिक गाडीमा पनि सादा पोसाकमा प्रहरी खटाइने एआईजी पालले जानकारी दिए।
नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]