२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

सशस्त्र प्रहरी बाँकेले दिनहुँ जसो अवैध सामाग्रीहरु धमाधम पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १०, २०७८

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी बाँकेले नेपालगन्जका दुई वटा अवैध सिमा नाकाबाट भन्सार छली गरेर ल्याउदै गरिएका सामाग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र नेपालगन्ज भन्सारस्थित जमुनहा बिओपीबाट खटिएको गस्ती टोलीले लाखौं रुपैयाँ बढीको भन्सार छली गरेर ल्याउदै गरिएका लत्ताकपडा,सुर्तीजन्य सामाग्री लगायतका अवैध सामाग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिपराबाट भारतबाट नेपालगन्ज तर्फ ल्याउदै गरिएका १ लाख ५ हजार रुपैयाँ बराबरका लत्ताकपडा,सुपर पावर सुर्ती लगायत अन्य किराना सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। भारतबाट अवैध सामाग्री ल्याइरहेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सबै सामाग्री छोडेर भारततर्फ फरार भएका थिए।

सशस्त्र प्रहरी बल जमुनहा बिओपीद्वारा पनि सामाग्री बरामद

नेपालगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको जमुनहा बिओपीबाट सशस्त्र प्रहरी सूचना अधिकृत प्रहरी नायब निरीक्षक योगेन्द्र शाही ठकुरीको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ टंकपसेरी नाकाबाट भारतबाट ल्याउदै गरेको १ लाख ९ हजार रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
बिशेष सूचनाका आधारमा आज बिहान ११:४५ बजे नायब निरीक्षक ठकुरीको कमान्ड गएको टोलीले लत्ताकपडा, बच्चाका खेलौना र किराना सामाग्रीहरु बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनहा बिओपीले बरामद गरेका सबै अवैध सामाग्रीलाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]