२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बाँकेमा एसपी र डिएसपी छड्केमा २ जना बिचौलियाहरु पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपाल्लीहरु नाकामा ठगिने गरेका छन्।
यही कुरालाई मध्यनजर  गर्दै बाँके प्रहरीले नाकामा कडाई गरेको छ। अटो रिक्सा, गाडी वालाहरु लगायत होटल वालाहरुले भारतबाट नेपाल आउने नेपालीलाई ठग्ने गरेको पाइएपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेले एकासी नाकामा छड्के अनुगमन गरेका थिए।
नाकालाई सहज र सरल बनाउनलाई पुगेका एसपी र डिएसपीले अनुगमन गर्दा २ जना बिचौलियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा पठाएका थिए। सोझासाझा नेपाली एवम यात्रुलाई विशेषगरि दशै तिहार जस्ता चाड पर्वमा बिचौलियाले ठ्ग्ने एव्ं दुख दिने भएकोले नाकामा कडाइ गरिएको बाँके जिल्ला एसपी अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]