१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँकेमा एसपी र डिएसपी छड्केमा २ जना बिचौलियाहरु पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपाल्लीहरु नाकामा ठगिने गरेका छन्।
यही कुरालाई मध्यनजर  गर्दै बाँके प्रहरीले नाकामा कडाई गरेको छ। अटो रिक्सा, गाडी वालाहरु लगायत होटल वालाहरुले भारतबाट नेपाल आउने नेपालीलाई ठग्ने गरेको पाइएपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेले एकासी नाकामा छड्के अनुगमन गरेका थिए।
नाकालाई सहज र सरल बनाउनलाई पुगेका एसपी र डिएसपीले अनुगमन गर्दा २ जना बिचौलियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा पठाएका थिए। सोझासाझा नेपाली एवम यात्रुलाई विशेषगरि दशै तिहार जस्ता चाड पर्वमा बिचौलियाले ठ्ग्ने एव्ं दुख दिने भएकोले नाकामा कडाइ गरिएको बाँके जिल्ला एसपी अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]