
(महेन्द्र सिंह)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले २०६६/९/१५ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ गुजराना बस्ने घिरउ गोडियालाई धारिलो हतियारको प्रयोग गरी कर्तव्य गरी फरार रहेका बारबर्दिया नगरपालिका वडा नं. ७ का राम बिहारी भन्ने बिहारी थारुलाई २०७८।०६।१७ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ काँरकाँदोबाट पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ।
घटना पश्चात फरार भई दाङ तथा नेपालगंजमा घर बनाउने मिस्त्रीको रुपमा काम गर्दै बसेको अनुसन्धानको क्रममा निजले बताएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए।