१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

भन्सार छलेर ल्याउँदै गरेको ४ लाख ६० हजारको मोबिलसहित १ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

ABC (क्राईमबिट)
नवलपरासी पश्चिम । भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबिल आयलसहित एक जना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका-५ रतनगंजस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ४ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबिल आयल सहित गाडीका चालक सुस्ता गाउँपालिका-३ कुडिया बस्ने २५ वर्षीय पप्पु थारुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाडीमा विभिन्न कम्पनीको मोबिल आयल लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक थारुलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मोबिल आयल र गाडीसहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!