
(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी साहेक निरीक्षक रविन्द्र बहादुर बमसहित प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । 
पुरष्कृतहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो । सोही समारोहमा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पु¥याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको छ ।
यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको बाँके प्रहरीले जनाएको छ । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा सुमन गरिएको थियो ।