१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

स्कूललाई बिशेष सहयोग गर्दै अध्यक्ष अधिकारी स्कुलको ड्रेस पाउँदा बिद्यार्थीको खुशी

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८


(सागर थापा)
दाङ । गढवा गाउँपालिकाको वडा नम्बर १ दुर्गम भूगोल रङसिङ स्थित जनमुखि आधारभूत बिद्यालयको कक्षा–५ मा पढ्ने शिबलाल बिष्टले दशैंको मुखमा गाउँपालिकाबाट ड्रेस पाउँदा आफूलाई दशैं आए जस्तो भएको बताए ।

गाउँपालिकाले स्कूलमै आएर ड्रेस र कापी दियो । बुवा आमाले एनकेन एक बर्षमा एक जोडी ड्रेस किन्दीनु हुन्थ्यो,अब मैलिएको बेला अर्को फेरेर धुन पनि पाइने भयो–सोही बिद्यालयको कक्षा–३ मा पढ्ने आशा परियारले भनिन् । बुवाआमा मजुरी गर्नुहुन्छ, एनकेन खानेखर्च जुटाउनु कि ड्रेस किन्दीनु ? गाउँपालिकाले ड्रेस दिँदा बल्ल पो दशेैं आएजस्तो भयो–उनले भनिन् ।

त्यस्तै सोही विद्यालयको कक्षा ३ मा अध्ययनरत करिष्मा कुमाललाई पनि ड्रेस र कापी पाउँदा दशैं आएजस्तो भएको छ । हुनपनि पारिवारीक स्थिती कमजोर भएका अभिभावकहरुलाई ड्रेस र कापी कलम किन्दीने पैसा पनि हुन्न । मजदुरी गरेर हातमुख जोड्ने कि वालबच्चा पढाउने?–स्थानीय अभिभावकहरु बताउँछन् । हुने खानेले त बोर्डिङ स्कूलमा पढाउँछन् तर हुँदा खाने वा ज्याला मजदुरी गरेर वाालबच्चा पढाउने अभिभावकहरुले भने सरकारी स्कूलमा बच्चा पढाउन बाध्य हुन्छन् ।

यहि कुरालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाले बिपन्न सिमान्तकृत वर्गका विद्यार्थीहरुले पढ्ने सरकारी बिद्यालयहरुमा ड्रेस तथा कापी वितरण गरिरहेको छ । विपन्न र सिमान्तकृत वर्गका विद्यार्थीहरुले पढ्ने दुर्गम भूगोलका विद्यालयहरुमा गत आइतवारदेखि अभियान सुरु गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । जस अनुसार महेन्द्र आधारभूत विद्यालय कोइलाबास,दुर्गा आधारभूत खबरनिाका,उदय प्राबि मुसीनाका,गणेश प्राबि चिमचिमे,पचहिया रात्री प्राबि,सर्बोदय प्राबि र जनमुखि आधारभूत बिद्यालय रङसिङका कक्षा १ देखि ५ सम्मका झण्डै ५ सय ११ बढि विद्यार्थी हरुलाई ड्रेस तथा स्टेशनरी वितरण गरिएको शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो । अझै केहि बिद्यालयहरु बाँकी छन्–उहाँले भन्नु भयो ।

गढवा गाउँपालिकाले चालु आब देखि वालबिकासका ३० जना शिक्षकहरुलाई गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब पुर्याएको छ भने पालिकाभरका २८ बिद्यालयका ४५ जना निजी स्रोतका शिक्षकहरुलाई तलब ब्यवस्थापन गरि सरकारी बिद्यालयहरुको गुणस्तर बृद्धि गर्ने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।गरिब बर्गका छोराछोरीहरुले पढ्ने सरकारी विद्यालयहरु नै भएकोले शिक्षा क्षेत्रमा गाउँपालिकाले बिशेष लगानी फोकस गर्न सुरुवात गरेको उहाँले बताउनुभयो । अभिभावकहरुको मन जित्नेगरि सरकारी विद्यालयहरु ब्यवस्थापन गर्न गाउँपालिकाले सबै सरकारी विद्यालयका शिक्षकहरुलाई अनुरोध गरेको छ । बिपन्न वर्गका बिद्यार्थीहरुलाई पढन–पाठनमा हौसला दिन ड्रेस र स्टेशनरी वितरण समेत सुरुवात गरेको अध्यक्ष यादवले बताउनु भयो ।

यसैबिच जनमुखि आधारभूत बिद्यालय रङसिङका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवबहादुर कुमालको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बुधवार सो बिद्यालयका १०८ जना बिद्यार्थीहरुलाई ड्रेस तथा कापी वितरण गरिएको छ ।कार्यक्रममा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी,गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक,सो विद्यालयका प्रधानाध्यापक अमरसिंह थापा,विब्यसका सल्लाहकार कृष्ण गिरी र शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णा परियार लगायतले बोल्नुभएको थियो । सिधा-पत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!