२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित चेकजाँच तीब्र

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जको जमुनाहा नाकामा दशैं तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले चेकजाँचमा तीब्र कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार बिहानदेखि जमुनाहा नाकामा तालिम प्राप्त प्रहरी कुकुर परिचालन गरेको छ ।

बाँके प्रहरीले कोहलपुरबाट डग हेन्डलर सहितको टोली लिएर जमुनाहा नाकामा चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन । तालिम प्राप्त कुकुरहरुले गाडी तथा यात्रुहरुका सामाग्रीहरु सुँघेर चेकजाँच गरेको छन । नाकामा हुन सक्ने कुनै पनि संदिग्ध ब्यक्ति अथवा अन्य कुरा पनि ती तालिम प्राप्त कुकुरहरुले पत्ता लगाउने बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेबाट प्रहरी निरीक्षक ईश्वरदेब गिरीको कमान्डमा गएको डग हेन्डलर सहितको टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवतजावत गर्ने सवारीसाधन, पैदल यात्रीहरुलाई संयुक्तरुपमा चेकजाँच गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]