२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दशैमा हुम्लाबाट बाहिर जाने यात्रुहरु लाई हवाई टिकट पाउन मुस्किल?

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

(ABC-Sanchar)
सिमकोट । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको सिलसिलामा हुम्ला पुगेका नागरिकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ । नेपालगञ्ज तथा सुर्खेत जानका लागि सिमकोट विमानस्थलमा बिहानको समयमा टिकटका लागि यात्रुको चाप बढी हुने भए पनि जिल्ला बाहिरिनेका लागि टिकट पाउन मुस्किल हुने गरेको छ ।

दसैँको समयमा नेपालगञ्ज तथा सुर्खेतबाट उडान भर्दै आएका निजी एयरलाइन्स सीता, तारा र समिटले कम उडान भरेका कारण यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । अन्य समयमा सुर्खेत, नेपालञ्जबाट दैनिक १५ भन्दा बढी उडान भर्दै आएका निजी जहाजले यो समय एक दुई उडान भरेका कारण जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

दसैँ तिहारको समयमा एकैपटक ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले विमानस्थलमा चाप बढ्नाका साथै टिकट पाउन मुस्किल हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।