१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

काभ्रेमा माइक्रोबस दुर्घटना हुँदा १८ जना घाइते

Logo
प्रकाशित शनिबार, आश्विन ३०, २०७८


ABC (Sanchar)
काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना हुँंदा अठार यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको कातिकेदेउरालिबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।

प्रहरीले उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ। माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ। दुर्घटनाका घाइतेको उद्दार गरि उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते मध्ये एक पुरुष, एक महिला र दुई बालबालिकाको अवस्था गम्भीर रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]