२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली कांग्रेस बाँके प्रदेशसभा क्षेत्र २ (ख) को सभापतिमा जितेन्द्र हमाल निर्वाचित

Logo
प्रकाशित सोमबार, मंसिर ०६, २०७८


(महेन्द्र सिंह)
बाँके । आइतबार भएको निर्वाचनबाट हमाल १५२ मतका साथ सभापति निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी अकबर अली दर्जीले ६४ मत पाएका छन् । पदाधिकारी सबैमा हमालकै प्यानल निर्वाचित भएको छ । हमाल नेतृत्वको प्यानल संस्थापन समूह (देउवा) हो ।

उपसभापतिमा अभिषेक कुमार श्रेष्ठ र सुभाषचन्द्र गुप्ता, सचिवमा गोकर्ण बहादुर शाही र फैयाज हुसैन हल्वाई निर्वाचित भएका छन् । सहसचिव भने राजकुमार बाल्मिकी र विजयविक्रम शाह निर्विरोध भएका थिए । २३० मतदाता रहेको प्रदेशसभा क्षेत्र २ (ख) मा २२३ मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]