२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली बिलबुक बनाएर मोटरसाइकल चोर्ने २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल चलाएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल वास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अबस्थामा काभ्रे पाँचखाल ४ घर भई बालाजु बस्ने वर्ष ३० को दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार – ९ बस्ने वर्ष २५ को नबीन कोइरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको पनि उनले बताए ।
पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी कामनपा वडा नं. ३२ जडीबुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]