२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

नक्कली बिलबुक बनाएर मोटरसाइकल चोर्ने २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल चलाएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल वास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अबस्थामा काभ्रे पाँचखाल ४ घर भई बालाजु बस्ने वर्ष ३० को दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार – ९ बस्ने वर्ष २५ को नबीन कोइरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको पनि उनले बताए ।
पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी कामनपा वडा नं. ३२ जडीबुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]