२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क बस सेवा संचालनमा

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

(ABC-Sanchar)
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक निस्शुल्क बस सेवा शुभारम्भ कार्यक्रममा उनले अरु यात्रुसँगै यात्रा गरेका हुन्।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री आलेले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन्।

विमानस्थलको आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]