२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा राख्ने छु : मुख्यमन्त्री केसी

Logo
प्रकाशित शुक्रबार, मंसिर २४, २०७८

(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले कला र संगीतको क्षेत्रमा लुम्बिनी प्रदेशलाई समृद्ध बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनको लागि साँस्कृतिकर्मीहरुलाई आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । मुख्यमन्त्री केसीले आफ्नै कार्यलमा प्रदेशको लुम्बिनी र केन्द्र राप्ती उपत्यकामा बनाएको बताउँदै आफ्नै कार्यकालमा राजधानीको संरचना अगाडि बढाउने बताउनुभयो । साथै उहाँले लुम्बिनी प्रदेशको कला, संस्कृतिलाई संरक्षण र सम्र्बद्धन गर्नका लागि साँस्कृतिक प्रतिष्ठान बनाउनको पहल भइरको बताउनुभयो ।
यस्तो विचार उत्सर्ग नेपाल पहल नेपालको संयुक्त आयोजनामा भएको उत्सर्ग संङ्गीत अवार्ड २०७८ को अबवरमा दाङ घोराहीमा बताउनु भएको हो ।
उहाँले लुम्बिनी प्रदेश विविध साँस्कृतिक हिसावले भरिपूर्ण भएको बताउँदै सबै समुदायको कला र सँस्कृतिलाई संरचना अगाडि बढाउनको लागि अगाडि बढाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले कला र साँस्कृतिको रक्षा विकास गर्नका लागि लुम्बिनी प्रदेशमा साँस्कृतिक प्रतिष्ठान बनाएर कार्य थालनी आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता बनाउनुभयो ।
उहाँले पाल्पाको बतासे डाँडा, गुल्मीको धुरकोट, रोल्पाको होलेरी क्षेत्रमामा बनाउने बताउनुभयो ।
कार्यक्रममा सभामुख पूर्ण घर्तीमगरले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको आन्दोलनमा प्रगतिवादी गीत, संगीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले कला, संगीत र सृजनाहरु पनि वर्गिय हुने भएकोले परिवर्तनको ऐजेण्डालाई अगाडि बढाउनको लागि नै जनवादी एवं प्रगतिवादी कलाकार एवं साँस्कृतिक कर्मीहरुले सर्वहारा, हली र गोठालो र किसानको गीत तथा सृजना गर्दै जनतालाई गोलबन्द गरी अगाडि बढेको प्रगतिशील साँस्कृतिक कर्मीहरुले विगत र वर्तमान तथा भविस्यमा निरन्तर रुपमा भूमिका आवश्यक रहेको बताउनुभयो ।
सभामुख घर्तीमगरले प्रगतिवादी गीत संगीतले क्रान्तिलाई उत्कर्षमा पु¥याएको बताउँदै अझै बढलिदो परिस्थितिमा अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।
लुम्बिनी प्रदेश सभाका सभामुख एवं साँस्कृतिककर्मी सभाभुख पूर्ण घर्तीमगरले लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा प्रज्ञा प्रतिष्ठान निर्माण गरी प्रदेशका कला साहित्य सँस्कृतिको विकासका लागि प्रदेश सरकारकारबाट गर्नका लागि प्रदेश सरकारको ध्यान आकर्षण गराउनुभएको थियो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका कानून समितिका सभापति दामा शर्माले कला र संगीतको क्षेत्रलाई राज्यले कानून तथा नीति निर्माण गरी अगाडि बढाउन सकिने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशका कला सँस्कृतिलाई संरक्षण र विकास गर्नका लागि आवश्यक रहेको बताउँदै त्यसलाई नेतृत्व प्रदा गरी अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।
उत्सवर्ग सङ्गीत अवार्ड २०७८ को अवसरमा लोक दोहरी, आधुनिक गीत, मोडेल लगायतको क्षेत्रमा प्रतियोगिता सम्पन्न गरी सर्वाेकृष्ट क्षेत्रका कलाकार, संगीतकार, जनबादी कलाकार, मातृभाषाका विभिन्न क्षेत्रका जनवादी कलाकार एवं स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]