२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इन्टरनेटको सर्भर डाउन हुँदा कपिलवस्तुको कृष्णनगर भन्सारमा समस्या नाकामा सावारी साधनको लाइन

Logo
प्रकाशित आइतबार, मंसिर २६, २०७८

ABC (ब्युरो)
कपिलवस्तु । कपिलवस्तुको ठुलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयमा इन्टरनेट सर्भर डाउन हुदा समास्य सृजना भएको छ । नेपाल प्रवेश गर्ने ट्रक तथा कन्टेनरको सीमावर्ती क्षेत्रमा लामो लाइन लाग्न थालेको छ । एक सय भन्दा बढी सावारी साधन लम्बद्ध भइ रोकीएको छ ।
मंसीरको महिना बैवाहिक कार्य जारी रहदा नेपाल आउने र नेपालबाट भारत जाने जीप, तथा माल बहाक ट्रक तथा कन्टेनरको संख्या बढेको छ । जिप ट्रक र कन्टेनर बढे पनि इन्टरनेटको समस्याले गर्दा आइतबार विहानै देखि जाँचपास नहुँदा समस्या सृजना भएको छ । भन्सार नहुदा आधा दर्जन जन्तीका सावारी साधान रोकीएको स्थानिय जिमएम गुप्ताले बताउनु भयो ।
इन्टरनेट तथा विद्युतका कारण काममा ढिलाई हुने गरेको जस्ता बहाना बनाएर सवारी जाँचपासमा ढिलाई गर्ने गरेको कृष्णनगरका एक अधिकारीले जानकारी दिनुभयो ।
यता इन्टरनेट बनाउने कार्य जारी रहेको कृष्णगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनु भयो । इन्टरनेटको सर्भर डाउन भएर काममा समस्या भएको भन्सार प्रमुख पौडेले बताउनु भयो ।
इन्टरनेट बनाउने कार्य जारी रहेको प्राविधिकहरुको टोली निर्माण कार्यमै रहेकोले इन्टरनेट सर्भर ठिक हुने वित्तिकै जाचँपास सुरु हुने भन्सार प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]