१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

मसाज केन्द्रमा लगाएको प्रतिबन्ध उच्च न्यायालयले उल्ट्यायो मसाज गर्न पाइने

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८


(ABC-Sanchar)
काठमाडौं । दिल्लीमा विपरीत लिङ्गीबिच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतले रोक्न आदेश दिएको छ । सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी न्यायाधीश रेखा पालीले स्पा र मसाज केन्द्रमा लगाइएको अकस्मात्को प्रतिबन्धले त्यस क्षेत्रमा काम गर्ने हजारौँ मानिसहरू प्रभावित हुने भन्दै प्रतिबन्ध रोक्न आदेश दिएकी हुन् ।

‘विपरीत लिङ्गीबिच हुने मसाजमाथिको पूर्ण प्रतिबन्ध मसाज उद्योग नियन्त्रण गर्ने नीतिसँग कुनै सम्बन्ध छैन । ’ फैसलामा भनिएको छ । प्रतिबन्ध लगाउनुभन्दा पनि सरकारले मसाज उद्योगमा गैर कानुनी तस्करी र वेश्यावृत्ति छैन भन्ने सुनिश्चितता गर्नुपर्ने फैसलामा जनाइएको छ ।

मसाज हाउस वेश्यावृत्तिको रूपमा रूपान्तरण भएको भन्दै केही महिनाअघि दिल्ली सरकारले प्रतिबन्ध लगाएको थियो । मसाज गर्ने बहानामा गोप्य यौन धन्दा सञ्चालन भएको र त्यस्ता गतिविधिमा एउटा गिरोह नै सक्रिय भएको सरकारले बताउँदै आएको छ ।

तर, मसाज गृह बन्दा गर्दा यसले धेरै मानिसको जीविकोपार्जनमा असर गर्ने अदालतको फैसलामा उल्लेख छ । दिल्लीमा दसौँ हजार मसाज र स्पा सेन्टरमा लाखौँ मानिसले रोजगारी पाएका छन् । तर, मसाजको बहानामा यौन धन्दा चलाएको ती सेन्टरमाथि आरोप लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!