१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सशस्त्र प्रहरी बिओपी जमुनाहले अबैध काठको गोलिया पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०३, २०७८


(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको छ ।

दैनिक जसो लाखौंका अबैध मालसामान पक्राउ गर्दै आएको सशस्त्रले शनिबार बाँकेको डुडुवाबाट अबैध काठको गोलिया (सिसम) बरामद गरेको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, खजुरा गाउँस्थित गोकुल सामुदायिक वन उपभोक्ता समुहको जङ्गलबाट अबैध रुपमा कटानी गरी ल्याउदै गरेको अवस्थामा जंगली सिसम जातको काठ १३ गोलिया र सो काठ लोड गरेको भे१त ७८२६ र भे१त ८१०२ नम्बरका दुईवटा ट्र्याक्टर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

१३ गोलिया जंगली सिसम काठ ११८.१४ क्यु. फिट रहेको र उक्त काठको बजार मूल्य अन्दाजी ५ लाख ३१ हजार ६ सय ३० बराबरको रहेको उनले बताए ।

सशस्त्र प्रहरी आउँदै गरेको देखेपछि ट्र्याक्टर चालक र कामदार भने भागेर फरार भएको र बरामद गरिएको सो काठ र दुईवटा ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर बहादुर थारुको नेतृत्वमा गएको ७ जनाको मोबाइल प्रहरी टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!