१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बाँके जमुनाह प्रहरीले नाकाबाट लागू औषधसहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष ०६, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज सिमा नाकाबाट लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ बज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह गाउँबाट लागूऔषध नाइट्रोभेटसहित शैलेशिखर नगरपालिका ९ दार्चुलाका १९ बर्षीय नरेन्द्र बिष्टलाई जमुनाह प्रहरीको टोलीले पक्राउ गरेको छ ।

जमुनाह गाउँस्थित चोर बाटो प्रयोग गरेर लुकिछिपी आएका बिष्टलाई २० फाइल (३००) पिस नाइट्रोभेट टयाबलेटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जानकारी दिएका छन् ।
शंकाष्पद तरिकाले नेपालगञ्ज आउँदै गरेका बिष्टलाई चेकजाँचका क्रममा लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक बिष्टले बताए । पक्राउ परेका बिष्टसँग थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक बिष्टले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!