
(ABC-Sanchar)
काठमाडौं । नेपाली काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का लुम्बिनी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । मंगलबार सार्वजनिक मतपरिणामअनुसार खड्काले २९२८ मत प्राप्त गरेका छिन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट लुम्बिनी प्रदेशको महिला सिटमा खड्का विजयी भएकी हुन् । उनले रिता सेन ओली र भगवती काफ्ले (भण्डारी)लाई पराजित गरेकी हुन् । ओलीले १४३६ मत ल्याएकी छन् भने काफ्लेले ४१४ मत पाएकी छन् । १४९२ मतान्तरले खड्का विजयी भएकी छन् । शिला १३ औं महाधिवेशनपछिको केन्द्रीय कार्यसमितिमा मनोनित भएर केन्द्रीय सदस्य बनेकी थिइन् ।