१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको काम उस्तै, सेवासुविधा असमान कायम

Logo
प्रकाशित बुधबार, पुष ०७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सांगठनिक संरचना र् कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ। यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन्।

प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन। तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ। प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला एक तह पदोन्नति पाउन सोही पदमा १२ वर्ष पूरा गरेको हुनुपर्छ। सशस्त्रमा पाँच वर्ष पुगेपछि एसपीसम्मले पदोन्नति पाउँछन्। प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुन्छ। सशस्त्रको सोही पदमा ७ वर्षे पदावधि तोकिएको छ। प्रहरीमा ग्रेड थप हुन स्तरवृद्धि भएको एक वर्ष काम गरेको हुनुपर्छ। सशस्त्रको स्तरवृद्धि हुँदा नै एक ग्रेड थप गरिएको हुन्छ।

अवकाशपछि पाउने औषधोपचार खर्च पनि असमान छ। ३० वर्ष काम गरेर अवकाश प्राप्त प्रहरीले आफूले पाउने औषधोपचार खर्चको १० प्रतिशत थप रकम मात्रै पाउँछन्। यही अवस्थामा सशस्त्रले २० प्रतिशत थप रकम पाउने व्यवस्था छ।

प्रहरीका एक एसपीका अनुसार रासन भत्तामा पनि विभेद छ। ‘नेपाल प्रहरीमा १६ आइटम रासन थियो भने सशस्त्रमा २१ आइटम। पछि यो हटाएर नियमावलीबाटै नगद सिस्टममा गयो’, नाम नबताउने सर्तमा ती एसपी भन्छन्, ‘रासनबापत आउने नगद पनि प्रहरीको कम छ।’ यो समाचार अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!