१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रहरीको मोटरसाइकल लिएर कैदी भगाउने प्रहरी जवान धनबहादुर चौधरी पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८


ABC (क्राईमबिट)
दाङ । जन्मकैद सजाए भक्तानी गरिरहेका एक जना कैदी प्रहरीकै मोटरसाइकल लिएर भागेका छन् । घोराही कारागारमा जन्मकैद सजाय भोगीरहेका राजपुर गाउँपालिकाका कैदी जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भाग्न सफल भएका हुन् ।

परियारले आफु बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीले उपचारका लागि प्रहरीकै बाईकमा आफै हालेर कैदी परियारलाई अस्पताल लगेका थिए । घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आफै प्रहरी जवान चौधरीले आफै मोटरसाइकल चलाई जेलका नाईके समेत रहेका परियारलाई पछाडि हालेर लगेको र उपचारकै क्रममा प्रहरीकै मोटरसाइकल सहित कैदी भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

कारागारमा प्रहरी र सेना दुबै हुने भएपनि कैदीलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको भन्दै उनले सोही क्रममा प्रहरी जवानले जेलको नाइके परियारलाई हत्कडी नलगाई आफै मोटरसाइकलमा हालेर उपचारलाई लिएर अस्पताल गएको बेला कैदी भागेको बताए । उपचारका लागि बिहान साढे १० बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पुर्याएका थिए ।

कैदी प्रहरीकै मोटरसाइकल सहित भागेको बेलुकी ४ बजे मात्रै जिल्ला प्रहरी कार्यालय दाङले खबर पाएको थियो । दाङ एसपी काफ्लेले जिल्लाको सबैनाका बन्द गरेर भागेका कैदीको खोजी कार्य जारी रहेको बताए । दाङ जिल्ला अदालतले ज्यानमार्ने कसुरमा परियारलाई २० बर्ष कैदको सजाय गर्ने फैसला गरेकोमा उनले ७ बर्ष कैद भुक्तानी गरेको र १३ बर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ । एसपी काफ्लेले प्रहरीको मोटरसाइकल सहित कैदी भगाएको आरोपमा प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिएर थुनामा राखेको र कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!