
ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको भएको छ ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०५/२५ गते प्रकाशित विज्ञानपन अनुसार प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको हो । लिखित परीक्षा लोकसेवा आयोगद्वारा संचालन हुनेछ ।