२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न अयोगको प्रस्ताव

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ गते एकै पटक सबै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले उक्त प्रस्ताव गरेका हुन्।

वैशाख १४ गते एकैपटक निर्वाचन गर्दा आर्थिक मितव्ययिता, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा सामग्रीलगायत सबै कुरामा एकरुपता र सहज हुने पदाधिकारीहरुको सुझाव रहेको छ। साथै, कुनै कारणवश एकैपटक निर्वाचन गर्न नसके १४ र २२ वैशाखमा निर्वाचन गर्न सकिने आयोगका पदाधिकारीहरुले सुझाव दिएका छन्।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुँदैछ।आगामी स्थानीय निर्वाचनमा आयोगले निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ।

आयोगका पदाधिकारीहरुसँगको छलफलपश्चात प्रधानमन्त्री देउवाले सबै दलहरुसँग छलफल गरेर यसबारे निर्णय गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!