१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङ प्रहरीले फरार कैदी प्रकरणमा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराही कारागारका कैदी यमराज परियारलाई भगाउन संलग्न रहेको आरोपमा शुक्रवार थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागारमा रहेका परियारलाई भगाउन भूमिका खेलेको भन्दै एक प्रहरी जवानसँगै अन्य तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।
एसपी काफ्लेका अनुसार पक्राउ परेका थप तीन जनाको परिचय गोप्य राखिएको छ । ‘कैदी भगाउनका लागि प्रत्यक्ष संलग्न देखिएपछि थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ’,प्रहरी प्रमुख काफ्लेले भने,‘फरार अभियुक्त नभेटिएकाले यिनीहरुको पहिचान गोप्य राखेका छौ ।’ उनका अनुसार शुक्रवार पक्राउ परेका तीन जना कैदी भगाउनका लागि प्रत्यक्ष रुपमा संलग्न भएको देखिएको छ । पक्राउ परेका थप तीन जनामाथिको अनुसन्धानले फरार रहेका कैदी भेटिने बताए ।

प्रहरी प्रमुख काफ्लेले पक्राउ परेका एक जना प्रहरी जवानसहित चार जनाको अनुसन्धानबाट घट्ना बारेमा पत्ता लाग्ने बताए । ‘हामीले एक जना प्रहरी जवानसँगै थप तीन जनालाई शुक्रवार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’,उनले भने,‘यी पक्राउ परेकाहरुमाथिको अनुसन्धानले घट्ना बारे पत्ता लाग्ने छ ।’

छाला सम्वन्धी विरामी यमराज परियार विहिवार उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको समयमा उनलाई अस्पतालसम्म लग्ने प्रहरी जवान धनबहादुर चौधरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लगेर विहिवार करिव ११ बजेतिर भागेका थिए । उनी कारागारमा चौकीदारका रुपमा रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!