१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बर्दिया एसपी कार्कीको पहलमा सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८


ABC (क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावत, राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज शर्मा , गुलरिया नगरपालिकाका ईन्जिनियर विशाल पौडेल , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम घिमिरे, प्रहरी अधिकृतहरु तथा जवानहरुको उपस्थिती थियो।
कार्यक्रममा आर्थिक सहयोग प्रदान गरी भवन निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज शर्मालाई कदर पत्र र भवन निर्माण कार्यमा प्रभावकारी सक्रियता निर्वाह गर्ने प्रहरी नायव निरीक्षक धन बहादुर के. सी. लाई नगद पुरस्कार समेत प्रदान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!