१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङबाट नेपालगन्ज सुत्केरी लैजाँदै गर्दा एम्बुलेन्समै छोरा जन्मिए बाटोमै भयो मृत्यु

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

(ABC-Sanchar)
दाङ । सुत्केरी गराउन भनी दाङबाट एम्बुलेन्समा बाँके तर्फ जाँदै गर्दा बाटोमै बच्चा जन्मिएर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ सिमलताराकी सुनिता थापाले बाँके तर्फ जाने क्रममा लमही नगरपालिका वडा नं. ९ अमेलियामा शुक्रबार बिहान ११ बजेतिर छोरालाई जन्म दिएकी थिइन । सनिताका श्रीमान नबीन ६ महिना अघि रोजगारीको लागि छिमेकी देश भारतमा गएका छन् ।

सुनिताका जेठाजु निम थापाले एम्बुलेन्समा यात्राका क्रममा छोरा जन्मिएपनि बच्चाको केही बेरमै मृत्यु भएको बताए । ‘हामी बुहारीलाई लगेर नेपालगञ्ज तर्फ जाँदै थियौं र यात्राकै क्रममा बुहारीले छोरा जन्माइन,’निमले भने ‘हामी त्यो देखेर निकै खुसी भइम तर,हाम्रो खुसी केही बेरमै आँशुमा परिनत हुन पुग्यो ।’

बच्चाको केही बेरमै मृत्यु पछि आफुहरु त्यही बाट घर तर्फ फर्किएको निमले बताए ।निमले भने – ‘अहिले दिउँसो तीन बज्दै छ र हामीले बच्चालाई गाड्न खाडल खनिरहेका छौं।’

जेठाजु निमका अनुसार बिहीबार राति १२ बजेतिर सुनिताको रक्तश्राब भएपछि घर परिवारका सदस्यले सुनितालाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएका थिए । ‘बुहारीलाई हेरेपछि सबै ठिक छ अहिले घर जानुहोस र भोलि बिहान ८ बजे फेरि आउनुहोला भनियो,’ निमले भने ‘ त्यसैले हामी राति साढे दुई बजेतिर घर पुगेका थियौं।’

अस्पतालले भनेकै समयमा उनीहरु शुक्रबार बिहान फेरि ८ बजेतिर प्रतिष्ठानमा पुगे । तर, त्यतिखेर भने पाँच घर खुलिसकेको हुँदा बच्चा बचाउने भए तुरुन्त बाँके लैजान अस्पताल प्रशासनले उर्दी जारी गरेको निमले गुनासो गरे । निमले भने–‘मध्य रातिमा पुग्दा सबै ठिक छ भन्ने र बिहान उस्ले भनेकै समयमा पुग्दा निकै जोखिम छ भन्ने अस्पतालको भाषाले हाम्रो बच्चा खेर गयो।’

उनले रातिमा अस्पतालमा आँफुहरुले डाक्टर नभेटेको र त्यहाँ रहेका सिकारु जस्ता देखिने सिस्टरहरुले समेत मानविय ब्यबहार नगरेको गुनासो गरे ।

‘प्रतिष्ठान जस्तो ठाउँमा पुग्दा समेत चौबिसै घन्टा डाक्टर पाइदैन भने कहाँ पाइन्छन् ?,’उनले भने ‘सयमै हामीलाई उचित राय सल्लाह दिएको भए आज हामीले बच्चा गुमाउनु पर्ने थिएन ।’

निमले दाङ जत्तिकै जिल्लामा एउटा गतिलो अस्पताल सम्म नहुनुले सुत्केरी महिला, दुर्घटनाका घाइतेलाई बाहिरी लैजानु पर्ने परिस्थितिले निकै पीडा आफन्तले पनि भोग्नु परिरहेको गुनासो पोखे ।हामीसंग एनआइसियु सेवा नभएको हुँदा रेफर गरेका हौं – निमित्त उपकुलपति लामिछाने

बच्चाको मृत्यु पछि आफन्तले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कमिकमजोरी औंल्याएपछि अस्पताल प्रशासनले भने आफुसंग एनआइसियु सेवा नभएका कारण सुत्केरीका लागि सुबिधा युक्त स्थान बाँकेमा रेफर गर्नु परेको बताएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. वशन्त लामिछानेले आफुहरु संग बालरोग बिशषज्ञ पनि नहुनु र एनआइसियु सेवापनि उपलब्ध नभएको हुँदा रेफर गर्नु परेको बताए ।

‘हामी संग दरबन्दी अनुसारका चिकित्सक पनि प्रयाप्त नहुँदा हामी चौबिसै घन्टा सेवा दिनपनि नसकिरहेको कुरा सत्य हो,’ लामिछानेले भने ‘ दुईवटा डाक्टरहरु सरुवा भएर अनेत्रै जानु भयो । त्यसैले जनशक्ति असाध्यै कम भएकै कारण हामीले यतिखेर भ्याक्यान्सी पनि खोलेका छौं।’

रातिमा समस्या भएपछि गर्भबति अस्पतालमा आएपनि जनशक्ति नभएकै कारण सिस्टरहरुले रातिमा उनीहरुलाई घर पठाएको हुन सक्ने उनले बताए ।

ती महिला शुक्रबार बिहान फेरि अस्पताल आउँदा दुई घर खुलेको हुँदा दुई तीन घन्टा भित्र बाँके पु¥याउन सके बच्चाले राम्रो उपचार पाउला र ज्यान जोगिन सक्ला भनेरै राम्रो ठाउँमा पठाएको कुरा चेकजाँचमा संलग्न चिकित्सकले बताएको लामिछानेले जानकारी दिए ।
‘ राम्रै होस भनेर पठाएको भएपनि बेथा ठ्याक्कै कतिबेला सुरु हुन्छ भनेर गणितको सुत्र जस्तै हुँदैन,’ उनले भने ‘ महिना नपुग्दै कमजोर बच्चा बाटोमै जन्मियो होला र कमजोर बच्चा जन्मिने क्रममै निशासियो होला ।’

त्यस्तै उनले राति नै ब्रिडिङ भएको भए ती गर्भबति बिहान फेरि घुमेर अस्पतालमा आएको कुरा आँफुलाई सत्य नलागेको दाबी गरे ।
तर, उनले डाक्टरले बिहान आँफै हेर्दा बच्चा ८ महिनाको मात्रै भएको हुँदा जोखिम हुन सक्छ भनेरै राम्रो ठाउँमा रेफर गरेको कुरा आफुलाई गरेको जानकारी दिए ।

आफुहरु जतिसक्यो हस्पिटललाई ब्यबस्थित गराउँ भनेरै लागिपरेको हुँदा पत्रकारले पनि प्रतिष्ठानमा दरबन्दि अनुसार चिकित्सक नरहेको कुरा लेखेर राज्यलाई खवरदारी गर्न निमित्त उपकुलपति लामिछानेले आग्रह गरे
फरककोण ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!