१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बाँकेको राझा ट्राफिकले सवारी चालकहरुसंग ट्राफिक सचेतना कार्यक्रम गरेयो

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेशस्तरीय “चालकसँग ट्राफिक प्रहरी” सचेतना कार्यक्रमलाई निरन्तर जारी राखेको छ ।
सो सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा तैनाथ रहेका ट्राफिक प्रहरीहरुले विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर उनिहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेत पार्दै आएका छन् ।

सो क्रममा मंगलवार नेपालगञ्ज उप महानगरपालिका २० राझाँस्थित प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलको टोलिले मोटरसाइकल, ई रिक्सा, अटो र अन्य गाडीका सवारी चालक र सह चालकहरु लाई जम्मा गरेर, रोकेर सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउदा अपनाउनु पर्ने सजकता सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण दिएको छ ।
सो अवसरमा ट्राफिक प्रहरीको टोलीले सवारी चालकहरुलाई आफ्नो तर्फबाट कुनै पनि हालतमा सवारी नियमको उलंघन नगर्न आग्रह समेत गरेको थियो ।
सो सचेतना अभियानका क्रममा जम्मा भएका सवारी चालकहरुले पनि प्रहरीसंग सवारी नियमहरुका बारेमा विभिन्न प्रकारका जिज्ञासाहर राखेको ट्राफिक प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलले बताउनुभयो ।
“चालकसँग ट्राफिक प्रहरी” कार्यक्रम अन्तर्गतको सचेतना अभियान यसअघि कोहलपुर, खजुरा, नेपालगञ्जका विभिन्न ठाउँमा सम्पन्न गरिसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

error: Content is protected !!