१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

विपद् व्यवस्थापनमा जुट्ने देउखुरीका चारैवटा स्थानीय तहको साझा समझदारी,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, चैत्र १७, २०८२

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ ।

राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यकामा रहेका चार स्थानीय तहबीच बैठक गरिएको छ । विपद् व्यवस्थापनका लागि आपसी रूपमा मिलेर काम गर्ने महत्वपूर्ण निर्णय भएको छ ।

राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिका समेत गरी बैठकद्वारा सहकार्यको लागि स्पष्ट रूपमा कार्ययोजना अगाडि बढाइएको छ ।

बैठकले विपद् व्यवस्थापन चाहिने आवश्यक सामग्रीको आवश्यकता पहिचान गरी सबै स्थानीय तहले आपसी समन्वयमा राहत तथा उद्धार सामग्री खरिद गर्ने बताइएको छ । र ती सामग्री नजिकैका सुरक्षा निकायलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै, खुला क्षेत्रको पहिचान तथा संरक्षण गर्दै कम्तिमा दुई स्थानमा साझा प्रयासमा सुरक्षित आश्रय स्थल निर्माण गरिने सहमति भएको छ ।

देउखुरीका राप्ती नदी र राजमार्ग क्षेत्रमा सम्भावित विपद्हरूसँग सामना गर्न साझा पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइने निर्णय पनि गरिएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आश्रय, खाना र कपडाको व्यवस्थापनका लागि आवश्यक स्रोत र कोष प्रत्येक स्थानीय तहमा सुनिश्चित गरिने उल्लेख गरिएको छ ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन चारवटै स्थानीय तहका युवालाई स्वयंसेवकका रूपमा तयार गर्ने सहमति भएको छ । कम्तिमा सात दिनको तालिम प्रदान गर्ने र आवश्यक सुरक्षात्मक सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । जसले गर्दा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी प्रतिकार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैठकले अन्तरपालिका समन्वयलाई संस्थागत गर्दै नियमित बैठक सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा विपद् व्यवस्थापनका क्षेत्रमा अन्तरपालिका समन्वय अपरिहार्य रहेको बताए ।

सोही बैठकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले विपद् व्यवस्थापनमा साझेदारी र सामूहिक अभ्यासको आवश्यकता रहेकोमा प्रकाश पारेका थिए । उनीहरूले पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन सहकार्य गर्नुपर्ने धारणा राखे ।

सोही बमोजिम लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी र राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले सर्पदंश जस्ता जोखिमका लागि भेन्टिलेटर सहितको उपचार सेवा आवश्यक रहेको औंल्याए । जसका लागि चारवटा स्थानीय तहकाे विचमा सहकार्य आवश्यक रहेकाेमा जाेड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत दीपेन्द्र श्रेष्ठले आफ्नो क्षेत्रमा भएका असल अभ्यास प्रस्तुत गरेका थिए । एकीकृत कोष, सामग्री र प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले धारणा राखेका थिए ।

पहिरो, आगलागी, बाढी, डुवान, कटान भूकम्प, सर्पदंश तथा सवारी दुर्घटनाजस्ता विपद्को उच्च जोखिममा देउखुरी क्षेत्र रहेको निष्कर्ष बैठकले निकालेको छ ।

उपरोक्त कुरामा ध्यान राख्दै जोखिम न्यूनीकरण, दमकल व्यवस्थापन, सर्पदंश उपचार सेवा, खोज उद्धार, गोदाम व्यवस्थापन र विपद् कोष सञ्चालन लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । देउखुरी उपत्यकामा विपद् व्यवस्थापनलाई थप व्यवस्थित, समन्वित र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]