१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बाँके प्रहरीले सिमा नाका जमुनाहबाट ११ वर्षिय एक बालकको उद्धार गर्‍यो

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८


(महेन्द्र सिंह)
बाँके । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नंवर २ निवासी प्रेम नेपालीका ११ वर्षिय छोरा (बालकको गोपनीयता संरक्षण हेतु नाम परिवर्तन गरिएको) परिवर्तित नाम सुबर्ण नेपालीलाई नेपालगन्जबाट प्रहरीले उद्धार गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नंवर-१५ जमुनाहबाट बेवारीसे अवस्थामा फेला परेका परिवर्तित नाम बालक सुबर्ण नेपालीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटेको प्रहरी टोलीले उद्धार गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट प्रहरी नायव निरीक्षक मीन बहादुर बिष्टको नेत्रित्वमा खटिएको प्रहरी टोलीले जाडोमा काठयांग्रिएका बेवारीसे अवस्थामा फेला परेका बालकको उद्धार गरी आवश्यक सोधपुछ पश्चात बालककि काकि सरस्वती नेपालीलाई जिम्मा लगाएको बाँके प्रहरीले बताएको छ ।

११ वर्षिय परिवर्तित नाम बालक सुबर्ण नेपाली सुर्खेतबाट भागेर नेपालगन्ज आएको अनुसन्धानमा पुष्टि भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

error: Content is protected !!