ABC (क्राईमबिट)
दाङ । घोराहीमा किङ्गस रेष्टुरेण्टमा होहल्ला गरेर दुई युबा समुह आपसमा झगडा खेलेर कुटपिट गरेपछि दाङ प्रहरीले एक्सन लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएको शुक्रबार राती दुई युबा समुहमा लडेपछि प्रहरीले सोहिदिन राती रेष्टुरेण्ट सन्चालक रामुसहित केही युबाको समुहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले रेष्टुरेण्टमा दुई युबा समुह रक्सि खाएर होहल्ला सहित कुटाकुट गरेपछि प्रहरी रेष्टुरेण्ट सन्चालक र घटनामा सलग्नलाई तत्काल पक्राउ गरेको जानकारी दिए । उनले अब आयन्दा गल्ति नगर्ने कागज गरेर रेष्टुरेण्ट सन्चालकलाई आइतबार छाडिएको र पक्राउ परेका युबामाथी मुद्धा चलिसकेको बताए । दाङमा एसपी काफ्ले आएदेखि गुन्डागर्दी चोरी लुटपाट लागूऔषध योन व्यावसायि ठगी बर्सो देखि फरार रहेको अपराधीहरु धमाधम पक्राउ गर्न सफल समेत भएको छ दाङ प्रहरी ।