०९ मंसिर २०८३, बुधबार
25-11-2026 , Wed
×

मन्त्रिपरिषदले २० हजार प्रहरीको एकैपटक बढुवा गर्दै

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८

ABC (क्राईमबिट) काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । यससँगै अब करिब २० हजार प्रहरीको एकैपटक बढुवा हुने भएको छ । गत महिना सो प्रस्ताव स्वीकृत गरी मन्त्रिपरिषद्कै बिधेयक समितिमा पठाइएको थियो । समितिले अन्तिम रुप दिएपछि बुधबार नियमावली पारित भएको मन्त्री शशी श्रेष्ठले बताइन् । अब आगामी साता नियमावली राजपत्रमा प्रकाशित हुने र प्रहरीमा त्यो लागू हुने गृह मन्त्रालयले जनाएको छ । पारित नियमावलीमा प्रहरीमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान छ जसअनुसार एकैपटक करिब २० हजार प्रहरीको बढुवा हुनेछ । हाल जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछ । जसअनुसार ४६ हजार दुई सय २९ ज…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी हेम केसीले सल्यान खलंगा निवासी ७८ वर्षीया अमृता परियार आमालाई सहयोग गर्नुभएको छ। विगत ३० वर्षदेखि जंगलको बीचमा एकल जीवन बिताइरहनुभएकी भगवान रूपी अमृता परियार आमाको स्वास्थ्य उपचार तथा थोरै भए पनि आर्थिक सहयोग गर्ने अवसर पाउँदा आफू आमाप्रति आभारी रहेको डिएसपी केसीले बताउनुभयो। उहाँले […]

दाङ । घोराही विकास भनेको सडक, पुल, भवन र ठूला संरचना निर्माण गर्नु मात्रै होइन। विकास भनेको नागरिकको जीवनशैली स्वस्थ, सहज, सुरक्षित र वातावरणमैत्री बनाउनु पनि हो। बदलिँदो समयसँगै विश्वका विभिन्न सहरहरूले साइकल संस्कृतिलाई प्रवर्द्धन गर्दै स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण र आर्थिक गतिविधिलाई जोडिरहेका छन्। घोराही उपमहानगरपालिकाले पनि अब विकासको नयाँ अवधारणाका रूपमा साइकल ट्रेल […]

बाँके । राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषले नेपालगञ्ज उपमहानगरपालिकाका जेन्जी युवा भाइहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। भेटघाटमा आउने स्थानीय निर्वाचन सम्बन्धी विशेष छलफल गरिएको थियो। युवाहरूको साथ र सहयोगले गर्दा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तारमा सहयोग पुगेको नेता शेषले बताउनुभयो। छलफलमा युवाहरूलाई पार्टीको अभियानमा सक्रिय सहभागी हुन आग्रह गरिएको थियो। *राष्ट्रिय जनमत […]

error: Content is protected !!