१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

अश्लिल भिडियो बच्चाको समाजिक संजालमा सेयर गर्ने ९ जना प्रहरी कारवाही

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् ।

चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरीलाई कारवाही गरेको छ ।

अश्लिल भिडियो सेयर गर्ने दुईजनालाई नसियत दिइएको र अरु ७ जनालाई सचेत गराएको प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘त्यस्तो भिडियो आएपछि विभागलाई जानकारी गराउनुपर्नेमा उनीहरुले सेयर गरेको देखिएपछि विभागीय कारवाही गरेका हौं ।’चाइल्ड पोर्नसम्बन्धी सो भिडियो भारत वा इन्डोनेसिया बनेको हुनसक्ने बताइएको छ । शुरुमा फेसबुकमा भिडियो सेयर गर्ने सशस्त्रका हवल्दार गणेश भण्डारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरीको मुख्यालयलाई पत्र पठाएको छ । मंसिर १६ मा बालबालिकाको हितमा काम गर्ने संस्था नेशनल सेन्टर फर मिसिङ एण्ड एक्स्प्लोटेड चिल्डर्न (एनसीएमईसी)ले पत्र लेखेपछि सो घटना बाहिर आएको थियो ।

सामाजिक सञ्जाल फेसबुक अकाउन्ट खोल्दा नेपाल प्रहरीका एकजना जवानले जिल्ला प्रहरी कार्यालय बाग्लुङको इमेल प्रयोग गरेका थिए । सो इमेलको आधारमा प्रहरी कर्मचारी संलग्न रहेको खुलेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!