१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपाल प्रहरीको ३१ जनालाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणि आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले तालिममा दिलाइएका विपद् व्यवस्थापन सम्बन्धि ज्ञान सीपलाई प्रयोग गरी विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । खोज, अध्ययन एवं उद्धार सामग्रीको प्रयोगबारे प्राप्त कौशल अनुरुप प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले गत कात्तिक २८ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना र प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान २४ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।
विपद् व्यवस्थापन सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुतीकरण समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक रमेश लामाले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गरे ।

नेपाल प्रहरीका प्रत्येक कर्मचारीहरूलाई विपद्, खोज तथा उद्धार कार्य सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष उद्धारकर्मीहरू तयार गर्ने तथा विपद् व्यवस्थापन तालिमहरूको प्रशिक्षक विकासको आधार तयार गर्ने लक्ष्य अनुरुप उक्त तालिम प्रदान गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

error: Content is protected !!