१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँकेमा बाघको आतंक कायमै आक्रमण हुनबाट फेरि जोगिए निकुञ्ज बेखबर हुँदै

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८


ABC (क्राईमबिट)
बाँके । जंगलमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए । झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरेपनि उनी जोगिएका हुन् ।

‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ उनले भने । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको पुनले बताए । प्रहरीका अनुसार बाघले पुनको एउटा बाख्रालाई मारेको छ । यस्तै तीन वटा बाख्रालाई घाइते बनाएको र तीन वटा बाख्रो फेला नपरेको ईलाका प्रहरी कार्यालय बैजापुर धामपुरका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले बताए ।

‘धन्न बाघलाई छलेर उहाँ बाँच्न सफल हुनु भएको छ, नत्र आज पनि अर्को घटना निम्तिने रहेछ,’ उनले टेलिफोनमा भने । बाघले दिनहुँ आतंक मच्चाइरहेको सिग्देलले सुनाए । बाघले आक्रमण गर्दा बिहीबार मत्र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।

यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा राप्ती सोनारी ४ बैजापुरकै ३० वर्षकी दुर्गा थारुलाई पनि आक्रमण गरेको थियो । तर, प्रतिकार गरेर उनी बाँच्न सफल भएकी थिइन् । बाँकेमा तीन महिनाको अवधिमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले दुई वटा घरपालुवा हात्ती शुक्रबार बेलुकी राप्तीपारी क्षेत्रमा लगेको छ । त्यहाँ केही दिनसम्म हात्तीलाई राखेर बाघको निगरानी बढाउने बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!