ABC (क्राईमबिट)
काठमाडौं । शनम शाक्यको हत्या तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार अपरान्ह उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।
उनलाई आवश्यक कारबाहीका लागि बुधबार मोरङ पठाइने कुँवरले बताए।
मंगलबार साढे ३ बजेको फ्लाइटमा युएईबाट विमानस्थल ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो। मोरङको उर्लाबारी नगरपालिका ७ का उप्रेतीविरुद्ध पनि ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग छ।
सनम शाक्य हत्या अभियोगमा उनका दाइ गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैदको सजाय सुनाएको छ। उनी अहिले मोरङ कारागारमा छन्। ३३ किलो सुन तस्करीमा संलग्न अन्य अभियुक्त भने छुटेका छन्।