१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँके प्रहरीद्धार अपहरणमा परेका शिक्षकको उद्धार

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

ABC (क्राईमबिट)
बाँके । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई गएराती डुडुवा गाउँपालिका वडा नम्बर–४ कम्दीस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बिहिबार साँझ तपाईसँग भेट्नुपर्ने थियो भनी स्थानीय तिर्थराज अवस्थी र अम्भादत्त अवस्थीले भेट गर्ने बहानामा बिप्लप माओबादीको नाममा रहेका अन्य ६ जना समेत मिलेर आफुलाई नियन्त्रणमा लिएर अपहरण गरि बाँकेको राप्तीसोनारीमा रहेको पुल नजिक रहेको एक शौचालयमा थुनेको भनेर शिक्षक हरिश अवस्थीको फेसबुक स्टाटस सार्वजनिक भएपछि हरिशका आफन्तले तुरुन्तै गृहमन्त्रालयलाई गुहार मागेका थिए ।
लगत्तै बाँके प्रहरी अप्रेशनमा उत्रिदा शिक्षकलाई अचेत अवस्थामा उद्दार गरिएको एसपी अधिकारीले बताउनुभयो । बाँके प्रहरीले अपहणकारी बिरुद्धको शर्च अप्रेशन अन्तरगत चेकजांच तथा खोजतलास अभियान सञ्चालन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!