ABC (क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित जुवा खेलाउने घरधनी दुलीचन थारु सहित अन्य ९ जना मंगलबार दिउसो सवा १ बजे पक्राउ परेका हुन । पक्राउ पर्ने अन्य व्यक्तिहरुमा बाँसगढी न.पा.७ का रामचन्द्र भन्ने आईतवारी थारु, श्याम प्रसाद थारु, रामकुमार थारु, भागीराम कुमाल रहेका छन । त्यसैगरी सोही वडाका सिताराम थारु, उपेन्द्र खड्का, मोहम्मद अली, मनोज कुमार थारु, रबिन्द्र सापकोटालाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले बताए ।
विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको शाहीको भनाई छ । उनीहरु उपर जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भईरहेको बर्दिया प्रहरीले जनाएको छ ।