१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

अख्तियारले मात्र भ्रष्टाचार रोक्न सक्दैन’ आयुक्त किशोर कुमार सिजवाल

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धमा यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे । ‘अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, सञ्चार जगत्लगायतको समन्वयकारी भूमिका चाहिन्छ’, उनले भने, ‘भ्रष्टाचार निवारणमा को ठुलो को सानो भन्ने हुँदैन सबै निकायले आआफ्नो ढङ्गले काम गर्नुपर्छ ।’

भ्रष्टाचार पनि सानो÷ठुलो नहुने भन्दै आयुक्त सिलवालले सबै घटनामा आयोगले समान व्यवहार गर्ने बताए । उनले भ्रष्टाचारको मूल नरोकिएसम्म तलको समस्या हल नहुने भन्दै जत्रो सुकै ओहदा र शक्तिमा भएको व्यक्ति भए पनि भ्रष्टाचारमा कसुर ठहरिए कारबाही गरेरै छाडिने प्रतिबद्धता जनाए । उनले आयोगका पदाधिकारीले कुनै राजनीतिक विचारसँग ओतप्रोत भएर घटनाको अनुसन्धान नगर्ने स्पष्ट पारे ।

आयोगको पोखरा कार्यालयका प्रमुख कोशहरि निरौलाले भ्रष्टाचार नियन्त्रणको पहिलो जिम्मेवार व्यक्ति सार्वजनिक निकायको प्रमुख भएको धारणा राखे । उनले भ्रष्टाचार विरुद्ध आयोगले प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक र संस्थागत सुदृढीकरणको रणनीति अपनाएको बताए ।

कार्यालय प्रमुख निरौलाले पछिल्लो समय स्थानीय तहका विरुद्ध धेरै उजुरी पर्ने गरेको बताए । ‘सार्वजनिक जग्गा अतिक्रमण, सम्पत्ति हिनामिना, आर्थिक अनियमितता जस्ता विषयमा उजुरी बढी छन्’, उनले भने ।खुलेआम सडक, वन, गुठी क्षेत्रको जग्गामा अनधिकृत संरचना बन्ने गरे पनि तिनलाई हटाउन सम्बन्धित निकायले नदेखा गरेर बसेको उनको भनाइ छ । ‘कानूनविपरीत हुने काममा कारबाही गर्ने अधिकार छ, तर पनि हामी कानमा तेल हालेर बसेका छौँ’, कार्यालय प्रमुख निरौलाले भने ।

कार्यालयको आँकडाअनुसार बागलुङबाट आयोगको पोखरा कार्यालयमा गत र यो आवमा गरी ५६ उजुरी परेका थिए । तीमध्ये १७ मुद्दा फर्छ्योट भएका छन् भने ३९ अनुसन्धानका क्रममा छन् ।

गण्डकीमा सबैभन्दा बढी २५२ उजुरी कास्कीका छन् । अन्तरक्रियाका सहभागीले २०औँ वर्ष बित्दासमेत कालोपत्र हुन नसकेको मध्य पहाडी पुष्पलाल लोक मार्गअन्तर्गत बागलुङ–घोडा बाँधे खण्डबारे प्रश्न उठाएका थिए । सार्वजनिक निर्माणका क्षेत्रमा भइरहेको लापरबाही र अनियमितताका विषयमा आयोगले छानबिन गर्नुपर्ने उनीहरूको माग थियो ।

उजुरी परेमा मात्रै अनुसन्धान नगरी भ्रष्टाचार हुने सम्भावित क्षेत्रमा पनि आयोगले निगरानी बढाउनुपर्ने सुझाव सहभागीले राखेका थिए । अन्तरक्रियामा स्थानीय तहका प्रमुख, सरकारी कार्यालय र सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!