२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङका एसपी सुरेश काफ्लेद्वारा बढुवा भएका हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी एसपी सुरेश काफ्लेले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी काफ्लेले मंगलबार आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै एसपी काफ्लेले पदोन्नती भएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र नागरिकलेे पाउने सेवालाई अझै उत्कृष्ट बनाउन निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको एसपी काफ्लेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!