१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बाँकेको क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड बिपरित

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

(ABC संचार ब्युरो)
बाँके । सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार यहाँका १७ वटा उक्त उद्योगहरुले मापदण्ड पालना गरेका छैनन् । जिल्लामा सञ्चालन भएका २२ वटा उद्योगमध्ये अहिले पाँचवटा बन्द अवस्थामा छन् भने १७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । जिल्लामा मापदण्डविपरीत क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु सञ्चालन भएका र उनीहरुको बिलिङ गर्ने तरिका पनि त्रुटिपूर्ण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा बेनामे उजुरी परेको थियो । उक्त उजुरीबाट पन्छिँदै अख्तियारले सम्बन्धित कार्यालयलाई नै कारबाहीका लागि परिपत्र गरेको थियो । त्यसपश्चात नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले उक्त विषय अध्ययन गर्न तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।उक्त उपसमितिले १५ दिनपछि नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिचन्द्र शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका नायब सुब्बा बुद्धिमान बिष्ट र सडक पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर प्रेम बराल सदस्य रहेको उपसमितिले पुस ९ गतेदेखि १५ गतेसम्म स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा २२ वटा क्रसर तथा बालुवा प्रशासन उद्योगहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार पाँचवटा बन्द अवस्थामा छन् भने बाँकी १७ वटाले मापदण्ड पूरा गरेका छैनन् ।

प्रतिवेदनमा अनुगमन गरिएका बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुमध्ये अधिकांशको ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लिखित दुरीसम्बन्धी मापदण्ड पूरा नभएको देखिएकोले सो सम्बन्धमा जिल्ला अनुगमन समितिले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लिखित दुरीसम्बन्धी मापदण्ड ‘घना बस्ती’ भन्ने शब्दलाई स्पष्ट परिभाषित नगरिएकोले अनुगमनका क्रममा कति घरधुरीलाई घनाबस्ती मान्ने भन्ने स्पष्ट नहुँदा सामान्यतया बालुवा प्रशोधन तथा क्रसर उद्योगहरु नजिकका धेरै घर भएका बसोबास क्षेत्रलाई यसमा समेट्नु पर्ने अवस्था सिर्जना भयो । अतः घनाबस्ती भन्ने शब्दलाई पुनर्परिभाषित गरी सोबमोजिम बालुवा प्रशोधन तथा करार उद्योगहरुको अनुगमन हुनुपर्ने देखिन्छ ।’राप्ती नदीलगायतका यहाँका अन्य खोलाहरुबाट ठूलो परिणाममा अवैध क्रसरहरुले ढुंगा, गिट्टी र बालुवा निकाल्दा पनि सरोकार निकाय मौन छ । राप्ती नदी तथा खोलाहरुबाट अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन, ओसारपसार गरी क्रसर उद्योगहरुले जंगलमा भण्डारण गर्नेे र आन्तरिक राजस्व कार्यालयबाट स्वीकृत नलिएका नक्कली भ्याट प्रयोग गर्ने गरेको स्थानीयहरुको गुनासो छ । नदीजन्य पदार्थको दोहनबाट वार्षिक करोडौँ बढीको क्षति हुने गरेको स्थानीयहरु बताउँछन् ।

बाँकेको भौतिक पूर्वाधारका लागि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत राप्ती नदी हो । राप्तीसोनारी गाउँपालिकाले राप्ती नदी तथा विभिन्न खोलाहरुमा ठेक्कामा दिएको क्षेत्रभन्दा अन्यत्रबाटै नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । नदीजन्य पदार्थको जथाभावी उत्खनन र निकासी गर्न थालेपछि राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ का अधिकांश गाउँहरु राप्ती नदी कटानको जोखिममा परेका छन् ।

केही दिन अघि यस क्षेत्रका स्थानीयले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर क्षेत्रीलाई नदी दोहन रोक्न ज्ञापनपत्रसमेत बुझाएका थिए ।
राप्तीसोनारी, डुडुवा र जानकारी गाउँपालिकासँगै नेपालगन्ज उपमहानगरपालिकामा समेत क्रसर तथा बालुवा प्रशोसन उद्योगहरु छन् ।
कारबाही गर्छाैं अजयकुमार श्रीवास्तव
प्रमुख, जिल्ला समन्वय समिति बाँके
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको उपसमितिले ठूलो मिहेनतका साथ स्थलगत अनुगमन प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले मापदण्ड पूरा हुन नसकेको विषय उल्लेख गरेको छ । यस विषयलाई हामीले गम्भीरताका साथ लिएका छौं ।

प्रतिवेदनअनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठक बसेर आवश्यक कदम चाल्छौं । कोही कतैबाट परिचालिन नभइ हामी अगाडि बढ्छौं ।अख्तियारले जुन जिम्मेवारीका साथ हामीलाई परिपत्र गरेको छ, हामी विश्वसनीय काम गर्छाैं ।जनप्रतिनिधिको शंकास्पद मौनता

आफ्नो स्थानीय तहमा मापदण्डविपरीत क्रसर तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन हुँदा पनि यहाँका जनप्रतिनिधिले शंकास्पद मौनता साधेका छन् ।

स्थानीय तहले बालुवा, गिट्टी उत्खननका लागि टेण्डर आह्वान गरेर ठेक्का दिने गरेता पनि उसले थप अनुगमन र निगरानी गरेको देखिँदैन । गरे पनि आँखामा छारो हाल्ने र क्रसर तथा बालुवा प्रशोधनवालालाई धम्क्याउनेखालले हुने गरेको छ ।
जनप्रतिनिधिहरुको संलग्नतामा अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत निर्वाध सञ्चालन भएको स्थानीयहरुको आरोप छ । तर यो आरोपको खण्डन हुने गरी स्थानीय तहले काम गरेको देखिँदैन । सरकारको मापदण्ड नीति नै गलत हरि भुषाल सञ्चालक, श्याम रोडा उद्योग बाँके पहिलो कुरा, एकोहोरोरुपमा क्रसर तथा बालुवा प्रशोधन उद्योगीलाई आरोप मात्रै लगाइन्छ । जुन आरोप गलत हो । हामीले राज्यलाई कर तिरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छौं । दोस्रो कुरा, टिप्परवालाहरुले अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गरेर बिक्री वितरण गर्छन् । जसको आरोप हामीमाथि आइलाग्छ । जस्तो आरोप लगाए पनि हामी सहनबाहेक अरु विकल्प छैन ।

अर्काे कुरा, सरकारले अघिल्लो वर्ष एउटा मापदण्ड ल्याउँछ । जसमा एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्न पाउने भनिएको छ । त्यसकै आधारमा केही उद्योग सञ्चालन भए ।
त्यसको एकवर्ष पछि पुनः संशोधन गरेर भन्छ, ‘एक किलोमिटर होइन, दुई किलोमिटर टाढा हुनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

error: Content is protected !!