१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली परिचालन

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(ABC-Sanchar)
नवलपरासी । बर्दघाट सुस्तापूर्वमा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताए। “बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो”, तिवारीले भने, “तर हामीले डिभिजन वन कार्यालय नवलपुरसँग सहकार्य गरेर बाघको अनुगमन र खोजीको काम सुरु गरेका छौँ।”

बाघको अनुमगनका लागि हात्तीसहित रेन्जर, प्राविधिक र सुरक्षाकर्मीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। “हामीलाई जानकारीमा आएअनुसार बाघले मानिसलाई वन क्षेत्रमा आक्रमण गरेको छ, त्यसैले मानिसलाई आक्रमण गर्ने बाघ कुन हो भनेर हामीले क्यामेरा ट्रयापिङका माध्यमबाट अनुगमन गरिरहेका छौँ”, तिवारीले भने, “अनुगमन नै नगरी एक्कासी बाघ नियन्त्रणमा लिँदा मान्छेलाई आतङ्कित पारेको बाघ छुट्ने र अर्को बाघ नियन्त्रणमा लिने काम हुनसक्छ, त्यसैले अनुगमनपछि यकिन गरेर बाघ नियन्त्रण हुन्छ।”

बाघ नियन्त्रणमा लिन ‘रिस्क’ भएको भन्दै तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पत्राचार गरिसकिएको र उताबाट लिखित आदेश आएपछि बाघ नियन्त्रणको कामलाई अगाडि बढाइने बताए। “हामीले सोचेजस्तो बाघ एकै ठाउँमा बस्ने प्राणी होइन, बाघ ठूलो क्षेत्रफलमा हिँडिरहन्छ”, तिवारीले भने, “वन क्षेत्रमा दिउँसोमा सुरक्षा सतर्कता अपनाउँदै अनुगमन भइरहेको छ, बाघको ताजा पाइला देखेको अवस्थामा सोहीअनुसार अनुगमन हुन्छ।”दुम्कीबास आसपास क्षेत्रमा डेढ महिनायता बाघले दुई जनालाई खाइसकेको छ भने एक साताअघि मध्यविन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ। बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो। बाघको आक्रमणबाट दुईको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जङ्गल जान छोडेका छन्। चौपाया चराउन जङ्गल जानेले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीयवासी त्रसित छन्।

विनयी त्रिवेणी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको एक सातापछि निकुञ्जले बाघ नियन्त्रणमा लिन टोली खटाएको हो। बाघले नवलपुरको पहाडी इलाका डाँडाजोर क्षेत्रमा गाईवस्तुसमेत खाएको छ।

त्यो क्षेत्रमा पनि बाघ ट्रयापिङका लागि क्यामेरा राखिएको छ। मान्छेलाई आक्रमण गर्ने र गाईवस्तु खाने बाघ एउटै हो कि फरक–फरक बाघ हो भन्ने पत्ता लगाउन कठिन भएकाले बाघ नियन्त्रणमा लिन केही समय लाग्ने सूचना अधिकारी तिवारीले बताए।

बाघको आक्रमणबाट नवलपुरको दुम्कीबासमा गत मङ्सिर ११ गते वन हेरालु र यही पुस १६ गते साग टिप्न घर नजिकैको जङ्गल गएकी मध्यविन्दु नगरपालिका–१२ की एक महिलाको
मृत्यु भएको थियो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!