१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

जातीय विभेदमा आधारित नेपाली कथानक चलचित्र विभेद भाग २

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(सागर थापा)
दाङ । सानो घर गरिबिको कारण उथलपुथल भएको उसको जिन्दगी गरिबीको को कारण पढन नपाएको पीडा ले बिदेशीने निर्णय गरेको छ त्यही माथी भर्खरै उसको आमको मृत्यु ले उ सार्है शोकमा छ यत्तिकैमा एकान्तमा बसिरहेको हुन्छ आफ्नो मोबाइलमा आमाको फोटो हेर्दै बसिरहेको हुन्छ पछाडि बाट उसको मिल्ने साथी आउँछ …)

साथी – ओ त यहाँ पो छस
धिरज – अ भन कहाँ जान लागेको ?
साथी – कहाँ जानू नि तलाइ खोज्दै आएको
धिरज – हो बस न ( मोबाइल मा आमाको फोटो राखेको हेर्दै बसेको हुन्छ अब बन्द गर्दै साथिलाइ बस न भन्छ )
साथी – हेर साथी त मेरो नजिकको आत्मीय मित्र होस म तलाइ नजिकबाट बुझ्छु तेरो आमा बितेको यतिका दिन भैसक्यो कति दिनसम्म एकान्तमा टोलाएर बस्छ्स जे हुनु भैहाल्यो बरु बिर्सिने प्रयास गर्नु पर्छ
धिरज – हेर तैले भनेका कुराहरू शब्दमा मात्रै ठिक छ्न तर वास्तविक जिबनमा उतार्न सार्है गार्हो हुन्छ । पीडा जसलाइ पर्छ उसलाई मात्रै थाहा हुन्छ बुझिस । म जहाँ जाउ जे गरु खाली आमाको याद मात्रै आउँछ यार कसरी बिर्सु .. जुन चिज आफुसङ्ग छ त्यो चिजको कहिल्यै महत्व हुन्न त्यही चिज आफुबाट टाढा गयो भने त्यसको महत्व बुझिदोरहेछ ..
साथी – त्यो त हो तर अब त्यही कुरालाई सम्झेर मात्रै कहाँ हुन्छ र बा बहिनी अनि आफ्नो भबिष्य लाई सम्झेर अगाडि बढ्नुपर्छ !
धिरज – हो यार ठिक भनिस ..बरु जाउ अब
त्यहाबाट दुबैजना जान्छ्न ( पहिलोपटक )
दोर्सो पट्क ..( ॠतु को घरमा ३ जना परिवार हुन्छ्न .. दाइ भाउजू अनि ॠतु) . बिहानको समय हुन्छ ॠतु को दाइ गाउतिर निस्किन्छ.. गाउँमा उसको पुरानो काका हुन्छ उ अलि नेता मान्छे हो गाउको राजनीति सबै बुझेको छ अनि केन्द्र सम्मको पावर छ । उसको एउटा छोरा छ जुन आवारा फटाहा छ बाउको पैसा र पावर ले मात्तिएको उसको अगाडी सानोतिनो अपराध त केही हैन … यत्तिकैमा त्यतैतिर जाँदै गर्दा नेताले ॠतु को दाइलाइ देख्छ )
नेता : कता जान लागिस हो.. जेठा .. धेरै दिन पछि देखिस त !
जेठा ( ॠतु को दाइ ) : ओहो नमस्कार काका .. सन्चै हुनुहुन्छ ?
नेता : अ ठिकै छ यतै आइजा न चिया पिएर जालास..
जेठा 🙁 नजिक आउदै ) हतार थियो !
(बाहिर बस्छ्न दुबैजना चिया पिउदै गफ गर्न थाल्छ्न )
नेता : अ कहाँ जान लागिस त हतारमा ?
जेठा : कहाँ हुनु काका ॠतु को ११ कक्षा को फर्म भर्दिन जान लागेको !
नेता : ए तिम्रो बहिनी ! ११ पढ्ने भैसकेको छिन है ..!
जेठा : उम काका..
नेता : म एउटा् कुरा भन्छु मान्छस ?
जेठा : के कुरा हजुर !
नेता : तेरो बहिनी मेरो घरको बुहारी बनाउछु उमेर पनि भैसक्यो कति घरमै राख्छ्स हुर्के बढेको छोराछोरी को भर हुदैन !
जेठा : तर …
नेता : तर सर केही हैन सुन आखिर के कमि छ मसङ्ग पैसा छ पावर छ सुख पाउछे तेरो बहिनिले .. सोच.. राम्रोसँग !
जेठा : हुन्छ काका म घरमा सल्लाह गरेर हजुरलाइ खबर गरौला .. (हुन्छ हस म लाग्छु पनि )
( त्यहाबाट सोचमग्न हुँदै घर आइपुग्छ )
लक्ष्मि : खाना खानुस अब कति ढिलो गर्नुभएको फर्म भर्नु भयो त नानिको ?
जेठा : अम भरे त्यहाँ नेता काका को चिया पिउन बोलाउनु भएको थियो त्यहिभएर ढिलो भयो ! अनि ॠतु खै त ?
लक्ष्मी : खै को साथिलाइ भेट्न जान्छु भन्दै हुनुहुन्थ्यो ?
जेठा : ए .. अ अनि सुन लक्ष्मि आज म नेताकोमा चिया पिउदा हाम्रो बहिनिको हात माग्नु भएको छ ! ठिकै छ्न आफू नेता छ्न टन्न पैसा छ सुख पाउछे हाम्रो ॠतु ले मैले त घरमा सल्लाह गरेर खबर गरुला भनेर आए ! के गरौ लक्ष्मी ?
लक्ष्मी : हो र ठिकै छ क्यारे अब नानिलाइ मन पर्छ भने हाम्रो भन्नू के छ !
जेठा : ल सोध है आयो भने ।
(उता धिरजलाइ भेट्न गएकी छ ॠतु )
( एकान्त बाटो हुन्छ त्यही बाटो जाँदै गर्दा नेताको छोरा लगाएत गाउका २/३ जना फटाहा केटाहरु त्यही बाटोमा बसिरहेको हुन्छ्न ॠतुको जाने बाटो पनि त्यही हुन्छ ! )
नेताको छोरो : ओए केटा हो त्यहा हेरत को आउदै छ !.
अर्को : ए त्यो पो त्यो त दाइ धिरज भन्ने कामी छ उसैसङ्ग चक्कर चलेको छ रे ..( यतिबेला यो कुरा टाढा बाट भए पनि ॠतु ले सुनिसकेकी हुन्छ र एकछिन त्यही पर्खिन्छ अनि हिड्छ)
नेताको छोरो : ओ त्यसो पो पर्खी अब त्यसको प्रेममा म भिलेन बन्छु !
अर्का : तर कसरी ?
नेताको छोरो : यो सङ्ग म बिहे गर्छु .. मानिन भने .. यसलाई
अर्का : हो हो दाइ त्यो कामिलाइ त राम्रोसँग सम्झाउनु पर्छ ..
नेताको छोरो : पहिला यसलाइ सम्झाउनु पर्छ ..
सबैजना मिलेर ॠतुलाइ घेर्छ्न .. कता हो मैयाँ ? धिरज लाई खोज्दै हिडेको होला नि ? हैन हौ कति उसलाइ खोज्दै हिडेकी हामिलाइ पनि हेरन कहिलेकाही हामिसङ्ग के कमि छ र ? what a sexy yrr … याबत कुरा भन्दै गर्छ्न ॠतु मेरो बाटो छोड्दे केही काम नभएको फटाहा हरु बन्दै रुन्छ !! यत्तिकैमा त्यतै तिर धिरज आउँछ अलि टाढा बाट देखेपछि दौडेर त्यहा आइपुग्छ
अर्का : आयो दाइ ..
धिरज : ओए के गरेको छोड .. ( ॠतुलाइ अरुले समात्छ्न नेताको छोरोले धिरजलाइ समात्छ ! )
नेताको छोरो : साले कामी तेरो यत्रो हिम्मत हाम्रो काममाथी टाङ्ग अड्याउने यहाबाट चुपचाप जा नत्र तेरो लास पनि नचिन्ने बनाइदिन्छु ।
धिरज : हेर म त सङ्ग झगडा गर्न आएको हैन ॠतुलाइ छोड एउटा अबला नारिमाथी यसरी एकान्तमा बाटो काटेर बस्न लाज लाग्दैन ?? त जस्ताको सोच अनि बिचार भएकाले गर्दा दिनानुदिन बलात्कार हत्याहिंसा जस्ता घटना हरु घट्छ्न बुझिस .. (then started the fight ..एकचोट नेताको छोरा ले धिरजलाइ पिट्छ रगत बग्न थाल्छ त्यसपछि सबैलाइ पिट्छ यसैक्रममा पछाडि बाट लठ्ठी ले टाउकामा हान्छ धिरज बेहोस भएर ढल्छ ॠतुले समाउछ उसलाइ धेरै रुन्छे .. नेताको छोरो : ओए यो त मर्यो क्या हो भाग केटा हो तिनिहरु सबै त्यहाबाट भाग्छ्न !

ॠतु : धिरज के भयो तिमिलाइ उठन .. help ..help कोहि छ भन्दै रुन्छे ( पुरै रगत बगेको हुन्छ ) अनि सास दिन थाल्छे उचाल्न खोज्छे सक्दिन त्यसपछि आफ्नो चुन्नी को सहायता ले बाटोमा घिसार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!