२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

होटल व्यवसायी संघ पर्साद्वारा बिरगंज महानगर पालिकाका मेयरलाई ज्ञापनपत्र

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(ABC-Sanchar)
बिरगंज । होटेल व्यवसायि संघ पर्साद्वारा बिरगंज महानगर प्रमुख बिजय कुमार सरावगिलाई ज्ञापनपत्र बुझाएको छ ।
आज संघका अध्यक्ष दिपकमान श्रेष्ठको नेतुत्वमा गएको टोलिले मेयरको कार्यकक्ष मै पुगि ज्ञापनपत्र बुझाएका थिए ।
दुई बर्ष देखि कोरोनाकालमा सबैभन्दा बढी मारमा परेको होटेल व्यवसाय रहेको हुदा होटेल तथा पर्यटन क्षेत्रलाई नेपाल सरकारले अति प्रभाबित क्षेत्र घोषणा गर्यो । नेपाल सरकारको निति तथा कार्यक्रममा पर्यटन पुन : स्थापन गर्नका लागि विभिन्न प्रकारको कर छुटको बिषय घोषणा गरियो, सो बिषयलाई देश भरिका महानगरपालिकाहरुले पर्यटन क्षेत्रलाई सम्पत्ति कर , व्यवसाय कर र विभिन्न करहरुमा सत प्रतिशत छुट गर्यो ।देशका एक मात्र बिरगंज महानगर पालिकाले आफैले राजस्व निति ४३ मा उल्लेख गरेको होटेल तथा पर्यटन व्यवसायी क्षेत्र बाहेक घोषणा गरेको सम्पुर्णलाई छुटको व्यवस्थापन गर्ने र होटेल तथा पर्यटन व्यवसायलाई छुटको दायरामा न्ल्याउने होटेल व्यवसाय संघ पर्साकि गम्भीर ध्यानाकर्षण भएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सो नेपाल सरजारको निति तथा कार्यक्रम अनुसार होटेल व्यवसायी संघ पर्साका सम्पुर्ण व्यवसायीहरुको सम्पत्ति कर, व्यवसायी कर शतप्रतिशत छुटको व्यवस्था गर्न होटेल व्यवसायी संघ पर्सा जोडदार माग गर्दछ भनेर बिरगंज महानगरका मेयर बिजय कुमार सरावगिलाई ध्यानाकर्षणको लागि सो ज्ञापनपत्र बुझाएको जिल्ला महासचिव तबरेज आलमले पर्सा पोस्टलाई जानकारी गराउनु भयो ।
सो ज्ञापनपत्र बुझाउनेमा होटेल भिस्वाका सन्चालक दिपकमान श्रेष्ठ , होटेल अमन प्यालेसका तबरेज आलम , होटेल पुजनका रन्जेश श्रेष्ठ , होटेल मकालुका रोशन श्रेष्ठ , होटेल लर्डस दियालोका अनुज रुङ्ग्टा , होटेल कैलाशका कुनाल श्रेष्ठ , होटेल एभरेस्टका आतिथ्य गुप्ता , होटेल सगरमाथाका कन्हैया गुप्ता र होटेल सयपत्रीका सुनिल थापाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]