१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

होटल व्यवसायी संघ पर्साद्वारा बिरगंज महानगर पालिकाका मेयरलाई ज्ञापनपत्र

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(ABC-Sanchar)
बिरगंज । होटेल व्यवसायि संघ पर्साद्वारा बिरगंज महानगर प्रमुख बिजय कुमार सरावगिलाई ज्ञापनपत्र बुझाएको छ ।
आज संघका अध्यक्ष दिपकमान श्रेष्ठको नेतुत्वमा गएको टोलिले मेयरको कार्यकक्ष मै पुगि ज्ञापनपत्र बुझाएका थिए ।
दुई बर्ष देखि कोरोनाकालमा सबैभन्दा बढी मारमा परेको होटेल व्यवसाय रहेको हुदा होटेल तथा पर्यटन क्षेत्रलाई नेपाल सरकारले अति प्रभाबित क्षेत्र घोषणा गर्यो । नेपाल सरकारको निति तथा कार्यक्रममा पर्यटन पुन : स्थापन गर्नका लागि विभिन्न प्रकारको कर छुटको बिषय घोषणा गरियो, सो बिषयलाई देश भरिका महानगरपालिकाहरुले पर्यटन क्षेत्रलाई सम्पत्ति कर , व्यवसाय कर र विभिन्न करहरुमा सत प्रतिशत छुट गर्यो ।देशका एक मात्र बिरगंज महानगर पालिकाले आफैले राजस्व निति ४३ मा उल्लेख गरेको होटेल तथा पर्यटन व्यवसायी क्षेत्र बाहेक घोषणा गरेको सम्पुर्णलाई छुटको व्यवस्थापन गर्ने र होटेल तथा पर्यटन व्यवसायलाई छुटको दायरामा न्ल्याउने होटेल व्यवसाय संघ पर्साकि गम्भीर ध्यानाकर्षण भएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सो नेपाल सरजारको निति तथा कार्यक्रम अनुसार होटेल व्यवसायी संघ पर्साका सम्पुर्ण व्यवसायीहरुको सम्पत्ति कर, व्यवसायी कर शतप्रतिशत छुटको व्यवस्था गर्न होटेल व्यवसायी संघ पर्सा जोडदार माग गर्दछ भनेर बिरगंज महानगरका मेयर बिजय कुमार सरावगिलाई ध्यानाकर्षणको लागि सो ज्ञापनपत्र बुझाएको जिल्ला महासचिव तबरेज आलमले पर्सा पोस्टलाई जानकारी गराउनु भयो ।
सो ज्ञापनपत्र बुझाउनेमा होटेल भिस्वाका सन्चालक दिपकमान श्रेष्ठ , होटेल अमन प्यालेसका तबरेज आलम , होटेल पुजनका रन्जेश श्रेष्ठ , होटेल मकालुका रोशन श्रेष्ठ , होटेल लर्डस दियालोका अनुज रुङ्ग्टा , होटेल कैलाशका कुनाल श्रेष्ठ , होटेल एभरेस्टका आतिथ्य गुप्ता , होटेल सगरमाथाका कन्हैया गुप्ता र होटेल सयपत्रीका सुनिल थापाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

error: Content is protected !!