१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले सर्वेक्षणमा

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८


(ABC-Sanchar)
धनगढी । कैलाली जिल्लाको टिकापुरमा प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो ।

विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको इञ्जिनीयर श्रेष्ठले बताए ।

‘यो अहिलेको प्रारम्भिक चरणको सर्वेक्षण हो । यसैका आधारमा हामीले सम्भाव्यता अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँछौँ’, उनले भने, ‘त्यसपछि अर्को प्राविधिक टोलीले आवश्यकताका आधारमा सर्वेक्षण गरेपछि विमानस्थल निर्माणको कार्य अगाडि बढ्छ ।’

विमानस्थलको लम्बाइ एक हजार २५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिदै इञ्जिनीयर श्रेष्ठले चौडाइमा भने अलिकति कम हुन्छ कि जस्तो भए पनि टुइनेटर जहाजका लागि भने कुनै समस्या नहुने बताए ।

‘हाम्रो चाहना पनि विमानस्थल सञ्चालन हुनुपर्छ भन्ने नै हो । प्राविधिकरुपमा सफल भयो भने विमानस्थल सञ्चालनमा आउँछ ।
त्यसमा स्थानीयवासी एकमत भएको अवस्थामा कुनै समस्या छैन’, उनले भने, ‘विमानस्थल सञ्चालन मात्रै भएर पनि भएन । त्यसमा यात्रुको सम्भावना र स्थानीयवासीको समन्वय र सहकार्य पनि आवश्यक हुन्छ ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुँदै आएको हवाइसेवा सशस्त्र द्वन्द्वका बेला बन्द भएको थियो ।

त्यसपछि सुकुम्बासीको अतिक्रमणमा परेको विमानस्थल टीकापुरका राजनीतिक दल र सरोकारवालाको समन्वयमा खाली गराएर पुनःविमान सञ्चालनको प्रयास भए पनि सफल नहुँदा अहिले विमानस्थल गाइबस्तु चराउने थलो बनेको छ ।

विसं २०७६ मा टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनका लागि एक सुत्रीय मागसहित टीकापुर महोत्सव गरेको थियो । वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले विमानस्थल सञ्चालनमा आए व्यापारिक दृष्टिकोणले धेरै राम्रो हुने बताए ।उद्योग, कलकारखानाका लागि हामीसँग थुपै सम्भावना छन् । त्यसैमा पनि राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका कारणले झनै सम्भावना बढेको छ’, उनले भने,‘ त्यसका लागि विमानस्थल महत्वपूर्ण हो । विमानस्थल सञ्चालनमा आउनसके मात्रै उद्योगीलाई भित्र्याउन सकिन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!