१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

ओलम्पिक अघि अमेरिकाद्वारा चीनमा हुने सबै उडानहरुमा प्रतिबन्ध

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८


(ABC-Sanchar)
वासिंगटन । बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ ।

अर्को हप्तादेखि २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना रहेको सीएनएनले जनाएको छ ।

जनवरी १९ मा शुरु भएको र कम्तिमा दुई हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ, सीएनएनले जनाएको छ ।

शुक्रबार सम्म, केवल दुई उडानहरू अझै पनि त्यो अवधिको लागि सञ्चालन गर्न योग्य देखिन्छन् ती मध्ये एक युनाइटेड एयरलाइन्स (युए)सँग हुनेछ ।

बेइजिङ शीतकालीन खेलहरू फेबु्रअरी ४ मा शुरु हुनेछ र सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन् ।जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरराष्ट्रिय उडानहरूमा तथाकथित ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ। त्यस नियमको अर्थ हो, यदि पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान दुई हप्ताको लागि स्वचालित रूपमा निलम्बित हुन्छ । यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्छ ।

चीनले आफ्नो ‘सर्किट–ब्रेकर’ नियमहरूलाई ‘महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महत्त्वपूर्ण कदम’ भनेर बचाउ गरेको छ ।
‘खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छन्’ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्टमा भनेका थिए।

डिसेम्बर २४ देखि जनवरी १२ सम्म, चीनको लागि प्रस्थान गर्ने ९,३५६ अन्तरराष्ट्रिय उडानहरू मध्ये एक तिहाइ भन्दा बढी रद्द गरिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!