१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

कोठामा कोइला बालेर सुतेका आमा छोरासहित ४ जनाको निस्सासिएर मृत्यु

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

ABC (क्राईमबिट)
सुर्खेत । बुदबुदीमा राति कोइला बालेर सुतेका चार जना मृत फेला परेका छन्। प्रहरीका अनुसार शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको हो। प्रहरीले शनिबार राति साढे सात बजेमात्रै घटनाबारे जानकारी पाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले घरको कोठाको खाटमुनि कोइला बालेर सुतेका एक आमासहित चार जना मृत फेला परेको जानकारी दिए। उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो। कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन्। मृतक सोमराज कृष्णका दाईका छोरा हुन्। उनी आएपछि मात्रै घटनास्थल मुचुल्का गर्ने प्रहरी जनाएको छ।

घरका कल्पनाका ससुरा पनि थिए। उनी शनिबार विहानै बृद्धाश्रम गएका थिए। बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनी बुहारी र नातिहरु सुतिराखेको कोठामा गएका थिए। ढोका लगाएको भित्रबाट आवाज नआएपछि उनले प्रहरीलाई खवर गरेका थिए। प्रहरी साढे सात बजेतिर घटनास्थल पुगेको थियो। जनप्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले घरको ढोका फोडेको थियो। ‘खाटमुनि कोइला बालेको देखियो, मृतक चारै जनाको मुखमा फिज देखिन्छ,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘श्रीमान जिल्ला बाहिर भएकाले मृतकको शव नउठाएरै हामी फर्कियौं।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

error: Content is protected !!