ABC (क्राईमबिट)
उदयपुर । सिद्धिचरण राजमार्गको कटारी मरुवा खण्डमा साेमवार दिउँसाे जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु तथा पाँच जना घाइते भएका हुन् ।
बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका-८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा ज्यान गएकाे हाे ।
जीप चालककाे खोजी भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा कटारी नगरपालिका-८ पट्नाभञ्ज्याङकी ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तीकै दीपक श्रेष्ठको सात वर्षीय छोरा दिवश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ, ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएका छन्। घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।