१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

दाङमा साइकललाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८


ABC (क्राईमबिट)
दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा दाङको तुलसिपुर उप(महानगरपालिका वडा नम्बर १२ का अन्दाजी अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ । त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ । मोटरसाईकल मृतक अरूण देवकोटाले चलाएको प्रहरीले जनाएको छ ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]