१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपाल प्रहरी प्रधान कार्यालयमा हलचल सुरु ?

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रि स्याट परीक्षामा प्रश्नपत्र नै चोरी भएको नेपाल प्रहरीको स्याट परीक्षा पनि विवादमा परेको छ । कोरोना संक्रमित रहेका प्रहरीले नै नक्कली पिसिआर रिपोर्ट पेश गरी परीक्षा दिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

राष्ट्रसंघका प्रतिनिधि समेतको सहभागितामा सोमबार प्रहरीमा शान्ति मिसन जानका लागि पास गर्नुपर्ने स्याट परीक्षा दिइएको थियो । जसमा सहभागी हुन पिसिआर रिपोर्ट अनिवार्य भनिएको थियो । केही प्रहरीले परीक्षा दिन नपाउने भएपछि संक्रमित नभएका व्यक्तिको स्वाव आफ्नो नाममा दिन लगाएर झुक्याएका हुन् । यो विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

यसअघि यूएन शाखाका एसपीकै घर्राबाट प्रश्नपत्र चोरी गरी बिक्रि समेत भएको थियो । जसमा संलग्न सइसहित तीन जना बर्खास्त भइसकेका छन् । त्यो परीक्षा रद्द गरी पछि अर्काे परीक्षा सञ्चालन गरिएको थियो । प्रि–स्याटमा सफल हुने मात्र स्याट परीक्षामा सहभागी हुन पाउँछन् ।

 

शान्ति मिसनमा अवसर कम हुँदै गएकाले स्याट परीक्षा उत्तिर्ण गरेपनि जाने सम्भावना भने कम हुन्छ । महिला र एकपटक पनि नगएकालाई प्राथमिकताका आधारमा पठाउने मापदण्ड बनाइएको छ । अर्काेतर्फ तल्लो तहका प्रहरीको आकर्षण रहेको एफपीयु मिसन पनि बन्द भइसकेको छ ।

उता महानगरीय अपराध महाशाखाका एक इन्सपेक्टर अनियमिततामा मुछिएका छन् । इन्सपेक्टर सानाकान्छा रम्तेलले सुन पसल चोरी गर्नेलाई पक्राउ गरी मुद्दा नचलाई छाडेको खुलेपछि हाल छानबिन थालिएको छ । एसएसपी चन्द्रकुबेर खापुङको कार्यकालमा महाशाखामा यस्ता धेरै बदमासी भएको प्रहरी अधिकारी बताउँछन् ।

त्यस्तै, अदालतका कारण प्रहरीको भर्ना यो वर्ष अनिश्चित बनेको छ । भर्नामा थारु समुदायलाई छुट्टै कोटा माग गरी दायर गरिएको रिटमा अदालतले अन्तरकालिन अन्तरीम आदेश दिएर थप सुनुवाई नगरेपछि इन्सपेक्टर र जवानको भर्ना प्रक्रिया अन्योलमा परेको छ ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!